
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको दशरथ रङ्गशालाबाट शुक्रबार ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गरेर अभियानको शुभारम्भ गर्नुहुँदै । साथमा स्वास्थ्यमन्त्री गगनकुमार थापा, उर्जामन्त्री जर्नादन शर्मालगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १५ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज देशभरका जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै अभियानबारे कार्यक्रम गर्न निर्देशन दिएको छ । विसं २०७४ ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानका रुपमा मनाउने घोषणा गर्दै वैशाख १ गते प्रधानमन्त्रीले दशरथ रङ्गशालाबाट यसको शुभारम्भ गर्नुभएको थियो ।
वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने योजनानुरुप जिल्लालाई परिपत्र गरिएको सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो ।
नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्य प्रतिकूल पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको पहिचान गरी उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास मन्त्रालयको छ ।
ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको अध्ययन छ । अभियानअन्तर्गत नयाँ वर्षमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न ‘म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने प्रतिबद्धता गर्न सरकारले जनतासँग आग्रह गरेको छ ।
वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिनेछ । कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता