
गोरखाको दुर्गम उत्तरी भेगमा पर्ने रिप्चेतमा भूकम्पले भत्काएको श्री सिप्चेत प्राविको नवनिर्मित भवन उदघाटन समारोहका सहभागी । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पीस एजुकेशन फाउण्डेशनको समन्वयमा रु ४० लाखको लागतमा पाँच कोठे भवन बनेको हो । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस
गोरखा (रिप्चेत), १४ वैशाख । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ ।
एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले राससलाई बताउनुभयो ।
प्रसिद्ध पर्वतारोही स्टेफन केक, जोसेफ इनवलर र हयान्स आर्कसहितको सक्रियतामा आर्थिक सहयोग जुटाएर पाँचकोठे भवन बनाइएको हो ।
विद्यालय बनाउने क्रममा हेलिकप्टरबाट सामान ढुवानीमा सहयोग गरेका अस्ट्रियाका हयान्स आर्कको दुर्घटनामा परी निधन भएपछि उनको स्मृतिमा विद्यालय बनाइएको हो । विद्यालयमा त्यस क्षेत्रका २१ छात्रासहित ३० विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठिन्ले ग्याम्जो लामाले बताउनुभयो । बुधबार आयोजित कार्यक्रममा पर्वतारोही स्टेफेन केक र फाउन्डेसनका अध्यक्ष लामाले व्यवस्थापन समितिलाई विद्यालय भवन हस्तान्तरण गर्नुभएको थियो ।
सदरमुकाम गोर्खाबजारबाट तीन दिनको पैदल यात्रामा पुगिने चुम उपत्यकाको रिप्चेत करिब दुई हजार ४७० मिटरको उचाइमा अवस्थित छ । भूकम्पले भत्काएका रिप्चेतका ४२ मध्ये अधिकांश घर निर्माण भए पनि खानेपानीको मुहान निर्माण तथा नियमित बिजुली बाल्नका लागि रकम अभाव भएको अध्यक्ष लामाले बताउनुभयो । गणेश, श्रृङ्गी, लङ्जुलगायतका हिमालको काखमा रहेको रिप्चेतमा भूकम्पले भत्काएका चारवटा गुम्बा अझै बनाउन नसकिएको स्थानीयवासीले बताए ।
हिमालय पिस एजुकेसन फाउन्डेसनले नुवाकोट, सिन्धुपाल्चोक र गोर्खामा छ विद्यालय बनाइसकेको छ । काभ्रेमा खानेपानी योजना र सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पथप्रदर्शक बस्न मिल्ने भवन निर्माणाधीन छ । रसुवामा गुठीमा भएको जग्गाको स्वामित्व ३०५ घरपरिवारलाई दिलाउन आर्थिक सहयोग दिनाका साथै ५० बालबालिका अटाउने बालगृह बनाएको फाउन्डेसनका उपाध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो ।
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय