
आमाको मुख हेर्ने वैशाख कृष्णऔँसीका दिन बुधबार काठमाडौँको मातातीर्थमा स्नान गर्दै दर्शनार्थी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १३ वैशाख । मातातीर्थ औँसीका अवसरमा आज आमालाई सम्मान गर्दै मीठा–मीठा खानेकुरा खान दिई मुख हेरी मनाइएको छ ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्म दिएकी आमा जीवित भएमा मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत भए उहाँको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी स्मरण गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम् पर्व मानिन्छ । आज काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बौद्ध धर्मावलम्बीसमेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थको धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गरेका छन्् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा