
आमाको मुख हेर्ने वैशाख कृष्णऔँसीका दिन बुधबार काठमाडौँको मातातीर्थमा स्नान गर्दै दर्शनार्थी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १३ वैशाख । मातातीर्थ औँसीका अवसरमा आज आमालाई सम्मान गर्दै मीठा–मीठा खानेकुरा खान दिई मुख हेरी मनाइएको छ ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्म दिएकी आमा जीवित भएमा मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत भए उहाँको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी स्मरण गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम् पर्व मानिन्छ । आज काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बौद्ध धर्मावलम्बीसमेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थको धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गरेका छन्् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार