लन्डन, १० वैशाख । आज बेलायतमा विश्व प्रसिद्ध साहित्यकार तथा महान श्रष्टा विलियम शेक्सपियरको जन्मजयन्ती भव्यरुपले मनाइँदै छ ।
विभिन्न साहित्यिक कार्यक्रमको आयोजना तथा उहाँद्वारा लिखित तत्कालीन नाटकहरुको मञ्चन गरी आजभन्दा करिब साँढे चार शतकअघि अप्रिल २३ का दिन बेलायतमा जन्मनु भएका शेक्सपियरको मृत्यु पछिको ४०१ औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाउन लागिएको हो ।
राजधानी लन्डनको वेस्टमिन्स्टर आब्बे नाट्यशाला तथा शेक्सपियर्स ग्लोब रङ्गमञ्चमा थरी थरीका रमाइला कार्यक्रमको आयोजना गरी साहित्यप्रेमी लाखौँ बेलायती जनताले उहाँको स्मरण गरेका छन् ।
त्यस्तै, राजधानी लन्डनको मुटु हुँदै बग्ने प्राचीन थेम्स नदीको दक्षिणी किनारामा अवस्थित दि ग्लोब थेटरमा शेक्सपियर जीवित रहनु हुँदाको युग र समयलाई पूर्णतः झझल्को दिने गरी सजाइएको रङ्गमञ्चमा मञ्चन गरिएको नाटक हेर्दै हजारौँ दर्शकलाई आफू साँच्चिकै प्राचीन युगमा प्रवेश गरी शेक्सपियरसँग आत्मसात् गरेको अनुभूति भएको छ ।
नाटक बिधातर्फका शेक्सपियरका विश्वप्रसिद्ध कृतिहरुः रोमान्स र वियोगान्तको सम्मिश्रण भएको रोमियो एण्ड जुलेट, हास्यरसले भरिपूर्ण भएका मच एड अबाउट नथिङ्ग र ट्वेल्फ्थ नाइट जस्ता नाटकहरु पनि उक्त थेटरमा मञ्चन भएका थिए । लन्डनमा बसन्त ऋतुको आगमनसँगै शेक्सपियरका विभिन्न बिधाका साहित्यिक कृतिका रसास्वादनमा रमाउँदै र भावुक हुँदै बेलायतवासीहरुले श्रद्धापूर्वक उहाँको स्मरण गरिरहेका छन् ।
बेलायतको इङ्गलिस मिड्ल्यान्ड्समा अवस्थित स्ट्राटफोर्ड अपन एभनमा सन् १५६४ मा जन्मनु भएका महान श्रष्टा शेक्सपियरको सम्मान र स्मृतिमा हिजो शनिबार एक श्रद्धाञ्जलिसभा आयोजना गरिएको र एक भव्य तथा विशाल जुलुसले पौराणिक बाजागाजाका साथ नगर परिक्रमा गरेको थियो ।
उहाँलाई भू–समाधिस्थ गरिएको स्थान होली ट्रिनिटी चर्चमा आई श्रद्धाञ्जलि अर्पण गरेपछि उक्त कार्यक्रम समापन गरिएको थियो ।
प्राचीन बेलायती इतिहासलाई रङ्गमञ्चमा उतार्न सफल भनी ख्याति आर्जन गरेका नायक मार्क राइलेन्स तथा उनका २५ सदस्यीय रङ्गकर्मीको समूहले हिजो वेस्टमिन्स्टर आब्बे नाट्यशाला प्राङ्गणमा पनि दिनभरिजसो शेक्सपियरका नाटकहरु मञ्चन गरी दर्शकहरुलाई थरीथरीका मनोरञ्जन पस्केका थिए ।
वेस्टमिन्स्टर आब्बेमा शेक्सपियरको विशाल सालिक तथा स्मृति भवन धेरै पहिला निर्माण गरिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित