काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्बद्ध अधिकारीलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो । सरकारको कूटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरुको उद्धार गरी नेपाल ल्याइएको हो । १८ नेपालीको उद्धारका लागि सरकार आफैँले हवाई टिकटको व्यवस्था गरेको थियो ।
उद्धार गरी नेपाल ल्याइएकामा बाँकेका शानबहादुर बुढामगर, खोटाङका ईश्वर विक, रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुङका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फणिन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान, रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुङ्गाका सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौँका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जय कुमार नाउ हुनुहुन्छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी