काठमाडौँ, ८ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो ।
सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सो भ्रमणअन्तर्गत नयाँ दिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्कनुभएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख ३ गते त्यसतर्फ जानुभएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान