
प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सत्तारुढ दल तथा मधेशी मोर्चामा आवद्ध छ दलससँग भएको बैठक । तस्बिर ः प्रदिपराज वन्त, रासस
काठमाडौँ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सत्तारुढ दल र मोर्चामा आबद्ध छ दलबीचको बैठकमा सोसम्बन्धी समझदारी भएको हो । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रस्तावमा केही कुरा परिमार्जन गर्नुपर्ने, संविधान संशोधन पारित गर्ने र सबैले चुनावमा भाग लिने कुरा उठेको बताउँदै निर्वाचन दुई चरणमा गर्ने वा एकै पटक गर्ने भन्ने विषयमा भने शनिबार छलफल हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्ने र सबैले निर्वाचनमा भाग लिने विषयमा छलफल भएको थियो ।
सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचनमा आफूहरु जान चाहेको स्पष्ट गर्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो, “संविधान संशोधनसहित परिमार्जन गर्ने लगायत हाम्रा मागमा राजनीतिक सहमति गरी निर्वाचनको समय केही समय सार्नुपरयो, हामी निर्वाचनमा जान चाहन्छौँ, त्यसका लागि वातावरण बनाउनुपरयो ।” सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार अपराह्न २ः०० बजे पुनः बैठक बस्नेछ ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’