
लन्डन । मेडस्टोन नेपाली समाज यूकेले बैशाख १ मा एक कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०७४ लाई स्वागत गरेको छ । समाजका उपाध्यक्ष दिनेश खड्काको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम समाजका महासचिव पूर्व क्याप्टेन यम पुनको स्वास्थ्य एवं सुरक्षा सम्बन्धी जानकारीबाट शुरु भएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्व गोर्खा मेजर दुध गुरुङले स्वागत मन्तव्य दिँदै नयाँ साल २०७४ लाई स्वागत गरि सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिए । करिब २०० नेपालीले भरिएको हलमा सहभागीहरु एक आपसमा नयाँ सालको शुभकामना आदान प्रदान गर्न व्यस्त देखिन्थे ।
नेपाली खाना, सांस्कृतिक कार्यक्रम एवं मनोरन्जनका लागि राफल कार्यक्रमका प्रमुख आकर्षण रह्यो । मेड्स्टोन नेपाली समाजको दशैं पछिको ठूलो कार्यक्रमको रुपमा मनाइने नेपाली नयाँ वर्षमा मेडस्टोन बाहेक आसफोर्ड, हेडकोर्न, लन्डन र सिटिङबोर्नबाट पनि नेपालीको उपस्थिति थियो ।
पूर्ण गुरुङ र बुद्धी गाहाले सांस्कृतिक कार्यक्रम सञ्चालन र उमेश पराजुली, मोहन गुरुङ एवं कमल अधिकारीले कार्यक्रम व्यवस्थापन गरेका थिए । अन्य कार्यकारिणी एवं समाजका सदस्यहरुले पनि आ-आफ्नो ठाउँबाट सहयोग गरी उक्त कार्यक्रम सफल बनाउन योगदान गरे । कार्यक्रम राती १२ बजे समापन भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]