वैशाख, ५ जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा आज अपराह्न भे १ च १२५१ नंको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका जिप चालक दैलेखका २५ वर्षीय बुद्धवीर कठायत, ठूलोभेरी नगरपालिका–९ का १६ वर्षीय लोकेन्द्र शाही, वडा नं ७ का १५ वर्षीया सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका–४ का ६० वर्षीय धर्मलाल बुढाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिप्रका डोल्पाका प्रमुख सुमित खड्काले बताउनुभयो ।
दुर्घटनामा परी ठूलीभेरी नगरपालिका २१ वर्षीय पञ्च बुढा र कालागाउँ–४, सल्यानका ३५ वर्षीय केशर आर्चाय घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिप ठूलीभेरी नगरपालिका पातीहाल्नस्थित सडकमा उकालो चढ्न नसकेर झन्डै १५० मि तल खसेको प्रहरीले जनाएको छ । जाजरकोट–डोल्पा सडक खण्ड निर्माण कार्य पूरा भएको छैन । दुनैबाट त्रिपुराकोटसम्मको सडकमा हेलिकोप्टरमार्फत जिप लगेर गत सालदेखि सञ्चालनमा ल्याइएको छ ।
निर्माण कार्य पूरा नभएको सडकमा जबरजस्ती यातायातका साधन चलाउँदा समस्या आएको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा