लन्डन । ‘१० औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ बेलायतमा हुने भएको छ । थर्ड आइ नामक संस्थाले आगामी जुलाई १ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेको हो । सोमबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक थर्ड आइका तर्फबाट विकास देवकोटाले ०७३ सालभरि प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइने जानकारी दिए । उक्त अवार्ड कार्यक्रम गत वर्ष क्यानाडामा गरिएको थियो ।
उत्कृष्ट गीत संगीत, नृत्य, गीतकार र संगीतकारको मनोनयन र छनोट प्रक्रिया लन्डनस्थित टिमबाट हुने र अन्य विद्यामा मनोनयन र छनोट नेपालबाटै गरिने थर्ड आइले जनाएको छ ।
अवार्ड कार्यक्रमका लागि नेपालबाट ४० भन्दा बढि कलाकार बेलायत उतार्ने आयोजकको दावी छ । ति कलाकार २९ जुनमा लन्डन आएर ३ जुलाइमा नेपाल फर्कने तालिका आयोजकले बनाएका छन् । नेपाली चलचित्रका हस्ती निर शाह, शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, प्रियंका कार्की, स्वेता खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायत कलाकार नोमिनेसनमा नपरे पनि अतिथीका रुपमा यूके आउने देवकोटाले बताए ।
अमेरिकाबाट कम्तीमा दश जना कलाकार आउने र बेलायतकै स्थानीय कलाकारहरु समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ । लन्डनस्थित नेपाली राजदूत प्रमुख अतिथी रहने उक्त कार्यक्रम सांस्कृतिकमय हुनेछ ।
नेपाली चलचित्रलाई विश्व बजारमा विस्तार र प्रवर्धन गर्ने उद्देश्यले अत्यन्त खर्चिलो र चुनौतिबीच अवार्ड कार्यक्रम आंटिएको थर्ड आइको भनाइ छ । थर्ड आइले यसअघि बेलायतमा पिकनिक इन लन्डन, म्यूजिकल जर्नी, इन्कोर इन लन्डन जस्ता सांगीतिक कन्सर्ट गरिसकेको छ ।
पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट विकास देवकोटा, जीवन सेन, ओजेश सिंह, युवराज सिंह र करण तामाङले बोलेका थिए । उक्त अवसरमा यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान, कोशेली अध्यक्ष शर्मिला सिंह, नर्सिङ एसोसिएसन यूके अध्यक्ष प्रसुना कंडेल, कोडेक अध्यक्ष शंकर दाहाल, नायक ध्रुव दत्त लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक