
महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको संयुक्त तालिम ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ मा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठसँग तालिममा सहभागीहरु सामूहिक तस्बिर खिँचाउँदै । तस्बिर, सौजन्यः नेपाली सेना, रासस
काठमाडौँ, ३ वैशाख । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजहरुबीच पहिलोपटक आजदेखि संयुक्त तालिम सुरु भएको छ ।
महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ ।
व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले उक्त संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने बताउनुभयो ।
चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्दै भन्नुभयो, ‘यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुनेछ ।’
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह