काठमाडौँ, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो –‘वर्तमान अवस्थामा स्थानीय तहको निर्वाचन अति आवश्यक भएकाले सकेसम्म मधेसी मोर्चालाई पनि मिलाएर तोकिएकै समयमा निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’
वरिष्ठ नेता जबराले “स्थानीय तह(गाउँपालिका र नगरपालिका) अत्यन्तै शक्तिशाली भएको छ, तर दुर्भाग्य यो निर्वाचनमा धेरै ठूलो प्रयत्न गर्दा पनि मधेसलाई समेटन सरकार असफल भयो,” भन्दै मधेसी मोर्चालाई सहमति गरेर ल्याउन सकेको भए अत्यन्तै राम्रो हुने बताउनुभयो ।
सरकारको निर्वाचनप्रक्रिया नै कमजोर भएको उहाँले बताउनुभयो ।
वरिष्ठ नेता जबराले भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनःनिर्माण कार्य ठोस रुपमा अघि बढन नसकेको आरोप लगाउँदै भूकम्पपीडितले अझै टहरामा नै बस्नुपर्ने बाध्यता भएको धारणा राख्नुभयो ।
२०७२ सालको भूकम्पपछि पुनःनिर्माणको काम अत्यन्तै ढिला भएर प्रभावित क्षेत्रका जनताले दुःख पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘विसं १९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले तीव्र रुपमा पुनःनिर्माण काम गर्नुभएको थियो, तर ०७२ सालको भूकम्पछिको पुनःनिर्माण गर्न अहिलेसम्मका सबै सरकार असफल भएको देखिएको छ ।’
वरिष्ठ नेता जबराले निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने गरेको निर्णय नसच्चयाए सरकारमा बस्ने नबस्ने विषयमा पार्टीले सोच्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा हास्यकलाकार मदनदास श्रेष्ठ, लोकगायक कुमार बस्नेत र मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले राष्ट्रका उन्नति र प्रगतिका लागि सबै एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत