काठमाडौँ, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो –‘वर्तमान अवस्थामा स्थानीय तहको निर्वाचन अति आवश्यक भएकाले सकेसम्म मधेसी मोर्चालाई पनि मिलाएर तोकिएकै समयमा निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’
वरिष्ठ नेता जबराले “स्थानीय तह(गाउँपालिका र नगरपालिका) अत्यन्तै शक्तिशाली भएको छ, तर दुर्भाग्य यो निर्वाचनमा धेरै ठूलो प्रयत्न गर्दा पनि मधेसलाई समेटन सरकार असफल भयो,” भन्दै मधेसी मोर्चालाई सहमति गरेर ल्याउन सकेको भए अत्यन्तै राम्रो हुने बताउनुभयो ।
सरकारको निर्वाचनप्रक्रिया नै कमजोर भएको उहाँले बताउनुभयो ।
वरिष्ठ नेता जबराले भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनःनिर्माण कार्य ठोस रुपमा अघि बढन नसकेको आरोप लगाउँदै भूकम्पपीडितले अझै टहरामा नै बस्नुपर्ने बाध्यता भएको धारणा राख्नुभयो ।
२०७२ सालको भूकम्पपछि पुनःनिर्माणको काम अत्यन्तै ढिला भएर प्रभावित क्षेत्रका जनताले दुःख पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘विसं १९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले तीव्र रुपमा पुनःनिर्माण काम गर्नुभएको थियो, तर ०७२ सालको भूकम्पछिको पुनःनिर्माण गर्न अहिलेसम्मका सबै सरकार असफल भएको देखिएको छ ।’
वरिष्ठ नेता जबराले निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने गरेको निर्णय नसच्चयाए सरकारमा बस्ने नबस्ने विषयमा पार्टीले सोच्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा हास्यकलाकार मदनदास श्रेष्ठ, लोकगायक कुमार बस्नेत र मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले राष्ट्रका उन्नति र प्रगतिका लागि सबै एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा