बर्दिवास, १ वैशाख । महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ ।
धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपाली हास्यकला क्षेत्रका प्रसिद्ध कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले आज संयुक्तरुपमा एकिकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गर्नुभएको हो ।
यसअघि एकीकृत बस्तीको मुख्यद्वार खोल्न महजोडीसँगै नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी हुनुहुन्थ्यो । सोहि अवसरमा बस्तीभित्र निर्मित भ्यू-टावर मुख्यसचिव डा सोमलाल सुवेदी र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान धुर्मुस-सुन्तलीका मातापिता (बोगराज कट्टेल, कमला कट्टेल एवम् हरिप्रसाद घिमिरे, सीतादेवी घिमिरे) ले संयुक्तरुपमा मुसहर समुदायलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले राष्ट्र निर्माण अभियानमा हास्यकला क्षेत्रकै धुर्मुस–सुन्तलीले तीन वटा बस्ती बनाएर ‘आँटे सकिन्छ’ भन्ने उदाहरण दिएको बताउनुभयो ।
नेपाल सरकारका मुख्य सचिव डा सुवेदीले भर्खरै हस्तान्तरण भएको बस्तीका मुसहर समुदायको शिक्षा, स्वास्थ्य र अन्य अवसरका लागि फाउन्डेसनसँग समन्वय गरेरअघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा जीवराज पोखरेलले गरिबी र अशिक्षाले पछि परेका मुसहर समुदायको आर्थिक अवस्था उकास्न तत्काल आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश–विदेशबाट रु ६ करोड ३६ लाख ३९ हजार सहयोग प्राप्त भएको र तीमध्ये रु पाँच करोड चारलाख खर्च भएको जानकारी दिनुभयो ।
बस्तीमा ५० घरधुरी मुसहरका लागि खानेपानी धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू-टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ ।
त्यसैगरी यसअघि मुसहर बस्तीभित्रै बसोवास गर्दै आएका तीन अन्य जाति समुदायका घरधुरीका लागि छुट्टै जग्गाको व्यवस्था गरेर घर बनाइएको न्यौपानेले जानकारी दिनुभयो ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हास्यकलाकार बसुन्धरा भुषाल, नायक शिव श्रेष्ठलगायतकाले बस्ती निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गरेकोमा धुर्मुस-सुन्तलीलाई धन्यवाद दिनुभयो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’