
स्वास्थ्य मन्त्री गगनकुमार थापाले पदबहाली गरेदेखि स्वास्थ्य क्षेत्रमा चालिएका विभिन्न सुधारात्मक कदमहरुको बारेमा जानकारी दिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ चैत । सरकारले जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन आगामी वर्ष २०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने भएको छ ।
आज आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने बताउनुभयो । अभियानको सुरुआत प्रधानमन्त्रीले स्थानीय दशरथ रङ्गशालाबाट गर्ने कार्यक्रम छ ।
मन्त्री थापाले भन्नुभयो, ‘अहिले जीवनशैलीमा आधारित रोगहरूको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफँैले रोक्न र घटाउन सकिन्छ । यसका लागि अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको हो ।’
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने