काठमाडौँ, ३१ चैत । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।
विश्वको गम्भीर सुरक्षा चुनौतीका रुपमा देखापरेको आतङ्कवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी सगरमाथा फ्रेन्डसिप– १७ नाम दिएर दुई देशका सेनाबीच उक्त अभ्यास वा तालिम सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
छिमेकी तथा अन्य मित्र राष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासलाई निरन्तरता दिने क्रममा पहिलो पटक मित्र राष्ट्र चीनको जनमुक्ति सेनासँग दशदिने तालिम हुने सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा द्विपक्षीय तथा बहुपक्षीय रुपमा तालिम, गोष्ठी तथा अभ्यास गर्दै आएको छ । तालिमका क्रममा विपद् व्यवस्थापनलगायत साझा हित र सरोकारका विषयमा पनि छलफल हुने छ ।
तालिम र अभ्यासबाट हुने अनुभव आदानप्रदानबाट ज्ञान, सीप र पेसागत क्षमता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिइएको छ । द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नाका साथै सैनिक तथा कूटनीतिक सम्बन्धलाई अझ बलियो र विस्तार गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह