लन्डन । बेलायतको अध्यागमन ऐनविरुद्ध गैर कानुनी काम गरेको अभियोगमा बेलायती जेलमा रहेका एक नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । अध्यागमन ऐन विपरित भिजा बढाउन नक्कली कागजात प्रयोग गरेको अभियोगमा इंग्ल्याण्डको ल्यान्कासायरस्थित प्रिस्टन जेलमा ८० दिनको सजाय भोगेपछि रेशम थापालाई नेपाल डिपोर्ट गर्न लागिएको हो ।
लमजुङ भोर्लेटार ८ निवासी रेशम (वास्तविक नाम कल्याण थापा) ले भुटानी शरणार्थी भनेर भिजा बढाउन निवेदन दिएपछि प्रहरीले समातेर मुद्दा दायर गरेको जेल पुगेर फर्किएका नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । ‘मार्च २४ मै अदालती सजाय भुक्तान भइसकेकाले दूतावासले होम अफिसलाई छिटो नेपाल फर्काइदिन आग्रह गरेको छ’, आरणले भने, ‘सम्भवतः इस्टर होलिडेपछि दुई साताभित्र उनी फर्कनेछन् ।’
यसअघि बाबु बलबहादुर थापाले काठमाण्डौं परराष्ट्र मन्त्रालयमा बेलायती जेलबाट छोराको उद्दार गरि पाउं भन्दै निवेदन दिएका थिए । निवेदनमा थापाले आफ्नो छोरा विगत ५, ६ वर्षदेखि बेलायत बस्दै आएको र शरणार्थीका रुपमा स्थायी बसोवास पाउं भनि निवेदन दिएर मुद्दाको फैसला विचाराधिन अवस्थामा रहेकै बेला प्रहरीले झुटो मुद्दा लगाइ गत मंसिर १ गते पक्राउ गरेको जिकिर गरेका थिए ।
उपनियोग प्रमुख आरणले पछिल्लो समय बेलायतका नेपालीले जांड खाएर गांडी हांकेको, घरेलु हिंसा गरेको, साथीभाइ पिटेको, महिलालाई दुव्र्यवहार गरेको भन्दै दूतावासमा सातामा दुईवटा जस्तो केस आउने गरेको जनाए ।
‘अहिलेसम्म गोर्खालीको वीरता र इतिहासले बेलायतीको नजरमा हामीप्रति राम्रो छाप छ’, आरणले भने, ‘बेलायत जस्तो सभ्य समाजमा बसेर कानुन पालना नगर्ने अनि अनुशासनमा नबस्दा नेपाल र नेपालीकै इज्जतमा दाग लाग्न सक्छ । नेपालको इज्जत भए नेपालीको पनि इज्जत बढ्ने हो ।’
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा