लन्डन । बेलायतको अध्यागमन ऐनविरुद्ध गैर कानुनी काम गरेको अभियोगमा बेलायती जेलमा रहेका एक नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ । अध्यागमन ऐन विपरित भिजा बढाउन नक्कली कागजात प्रयोग गरेको अभियोगमा इंग्ल्याण्डको ल्यान्कासायरस्थित प्रिस्टन जेलमा ८० दिनको सजाय भोगेपछि रेशम थापालाई नेपाल डिपोर्ट गर्न लागिएको हो ।
लमजुङ भोर्लेटार ८ निवासी रेशम (वास्तविक नाम कल्याण थापा) ले भुटानी शरणार्थी भनेर भिजा बढाउन निवेदन दिएपछि प्रहरीले समातेर मुद्दा दायर गरेको जेल पुगेर फर्किएका नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । ‘मार्च २४ मै अदालती सजाय भुक्तान भइसकेकाले दूतावासले होम अफिसलाई छिटो नेपाल फर्काइदिन आग्रह गरेको छ’, आरणले भने, ‘सम्भवतः इस्टर होलिडेपछि दुई साताभित्र उनी फर्कनेछन् ।’
यसअघि बाबु बलबहादुर थापाले काठमाण्डौं परराष्ट्र मन्त्रालयमा बेलायती जेलबाट छोराको उद्दार गरि पाउं भन्दै निवेदन दिएका थिए । निवेदनमा थापाले आफ्नो छोरा विगत ५, ६ वर्षदेखि बेलायत बस्दै आएको र शरणार्थीका रुपमा स्थायी बसोवास पाउं भनि निवेदन दिएर मुद्दाको फैसला विचाराधिन अवस्थामा रहेकै बेला प्रहरीले झुटो मुद्दा लगाइ गत मंसिर १ गते पक्राउ गरेको जिकिर गरेका थिए ।
उपनियोग प्रमुख आरणले पछिल्लो समय बेलायतका नेपालीले जांड खाएर गांडी हांकेको, घरेलु हिंसा गरेको, साथीभाइ पिटेको, महिलालाई दुव्र्यवहार गरेको भन्दै दूतावासमा सातामा दुईवटा जस्तो केस आउने गरेको जनाए ।
‘अहिलेसम्म गोर्खालीको वीरता र इतिहासले बेलायतीको नजरमा हामीप्रति राम्रो छाप छ’, आरणले भने, ‘बेलायत जस्तो सभ्य समाजमा बसेर कानुन पालना नगर्ने अनि अनुशासनमा नबस्दा नेपाल र नेपालीकै इज्जतमा दाग लाग्न सक्छ । नेपालको इज्जत भए नेपालीको पनि इज्जत बढ्ने हो ।’
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल