
नयाँवर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने बिस्केट जात्राको पहिलो दिन नै बिग्रिएको काठैकाठबाट प्यागोडा शैलीमा बनेको भैरबको रथ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा ढुङ्गा हान्ने पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाएको छ ।
पक्राउपर्नेमा भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय श्यामकृष्ण शाही, भनपा–२ च्यामासिंह बस्ने २६ वर्षीय अभिनव भन्ने रोशन प्रजापति, भनपा– १ बोलाछे बस्ने २२ वर्षीय सगुन प्रजापति र भनपा– ८ क्वाछे बस्ने १८ वर्षीय सञ्जीव फासीकौ पक्राउ परेका छन् ।
त्यस्तै ललितपुरको बडिखेल–७ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय विकेश पहरीलाई खुकुरीसहित पक्राउ गरेको महानगरीय प्रहरीपरिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
निजले ढुङ्गा हान्ने, सिसी क्यामरा फुटाउने र हुलदङ्गा गरेकाले राति नै पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाएर आवश्यक कारबाही अगाडि बढाएको उहाँले बताउनुभयो ।
राति ढुङ्गा हानाहान हुँदा पाँच जना प्रहरीसहित ११ जना घाइते भएका थिए । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन सोमबार तौमढीबाट भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन छ ।
जात्राको पहिलो दिनमै बिग्रियो रथ
नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन नै काठैकाठबाट प्यागोडा शैलीमा बनेको भैरवको रथ बिग्रिएको छ ।
विगतका वर्षमा पुरानो भएका काठको प्रयोग गरिएको, चुकुलको प्रयोग राम्रोसँग नगरेको र सामान्य रुपमा रथ बनाएका कारण यस वर्ष जात्राको सुरुकै दिन रथ बिग्रिएको जात्रा सञ्चालकले गुनासो गरेका छन् ।
गुठी संस्थानको रु पाँच लाखको लागतमा निर्माण भएको रथको चैत ३१ गते तानेर ल्यासिंखेल पुरयाएपछि लिङ्गो उठाउने र १ गते लिङ्गो ढालेपछि रथलाई पुनःगःहिटी ल्याएर भद्रकालीको रथसँग जुधाउने परम्परा छ ।
त्यसपछि जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते सुरुकै दिन जस्तै गरी रथलाई तान्ने परम्परा छ । गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बिग्रिएको रथ तत्कालै मर्मत गर्ने बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने