
व्यवस्थापिका संसद् सचिवालय सिंहदरबारमा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारी । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २९ चैत । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।
विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । आज दर्ता गरिएको विधेयकमा सिमाना हेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन नयाँ प्रस्ताव सबैको सहमतिमा पारित हुने दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले नयाँ संशोधन प्रस्ताव एमाले र मधेसी मोर्चा दुवैको सहमतिमा ल्याइएको जिकिर गर्नुभयो ।
“पुरानो संशोधन प्रस्ताव फिर्ता भएको छ । नयाँ प्रस्ताव वैशाख ७ गते संसद्मा टेबल हुनेछ । प्रस्तावबारे मधेसी मोर्चासँग पनि ठोस सहमति भएको छ । उहाँहरुका सबै मागको सम्बोधन हुनेछ”– मन्त्री नायकले भन्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नयाँ संशोधन प्रस्ताव पहिलेकोभन्दा पनि खतरापूर्ण भएको आरोप लगाउनुभयो ।
मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले मोर्चासँग छलफल नगरिकनै पहिले पेस भएकोे प्रस्ताव फिर्ता लिई नयाँ प्रस्ताव ल्याउन लागेको बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता