
प्रहरी महानिरीक्षक प्रकाश अर्याल मङ्गलबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रहरी अधिकृतहरुसामु प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताउनुभएको छ ।
महानिरीक्षक भएपछि आज प्रहरी मुख्यालयमा मातहतका प्रहरी अधिकारीसमक्ष प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सङ्गठनको व्यावसायिकता र प्रभावकारिता बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै उहाँले भन्नुभयो, “म तपार्इंहरुको प्रिय महानिरीक्षक बन्ने प्रयास गर्नेछु । जुनसुकै दर्जाका प्रहरी कर्मचारीको गुनासो सुन्न सक्ने गरी अभिभावकीय भूमिका निर्वाह गर्नेछु ।” अवाञ्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्दै त्यसमा कसैको प्रभाव र दबाब स्वीकार नगर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
सहकर्मीलाई साथै लिएर जान्छु
प्रहरी महानिरीक्षक अर्यालले साङ्केतिक रुपमा आफ्नो प्रतिस्पर्धी रहेकाहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेतृत्वमा प्रतिस्पर्धा हुनु प्रकृतिको नियम हो, प्रतिस्पर्धा भइसकेपछि दौडमा एक जना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरुले स्विकार्न सक्नुपर्छ ।”
आफ्ना सहकर्मीलाई साथमा लिँदै गुनासो मत्थर गर्न आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “म र मेरो भावनाभन्दा माथि उठी एकताबद्ध भएर अघि बढ्न मेरा सहकर्मी र समकक्षीलाई आग्रह गर्छु ।”
कार्यक्रममा महानिरीक्षक अर्याललाई स्वागत तथा बधाई दिँदै यसअघि निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुभएका डा दिनेशचन्द्र पोखरेलले प्रहरी सङ्गठनमा अनुशासन र ‘चेन अफ कमान्ड’ खुकुलो बन्दै गएको गुनासोलाई नयाँ महानिरीक्षकले विशेष रुपमा लिन आग्रह गर्नुभयो । सो अवसरमा प्रहरीको एक टुकडीले महानिरीक्षक अर्याललाई सम्मान गारत अर्पण गरेको थियो ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा