
नेपालमा आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्पी र रेस्टुराँसहितको सञ्चालनमा ल्याइएको बस । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २९ चैत । नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।
‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो ।
यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक दीपक भट्टराईले जानकारी दिनुभयो । उहाँले यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिनेसमेत बताउनुभयो ।
सो सेवाको सोमबार बेलुका उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पशुराम तामाङले यस्तो बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरु पर्यटकीय गन्तव्यमा समेत पुरयाउनु जरुरी छ ।”
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले समयको मागअनुसार सेवा प्रदान गरेको भन्दै यसको विकास र विस्तारमा लाग्नु जरुरी रहेको बताउनुभयो ।
प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले नयाँ बसबाट यात्रा गर्न चाहनेहरुका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारदेखि लुम्बिनी र पोखरामा एकसाथ बस सञ्चालन गरिने छ ।
उहाँले बसभित्र तातो, चिसो खानेकुरा सुविधासँग खान र पिउनका लागि फोल्डेवल सेवन जडित गरिएको र धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्था रहेको बताउनुभयो ।
सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा