
काठमाडौँ, २९ चैत । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ । निवेदनमा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पन्न र मूल्याङ्कनमा अगाडि भएको उल्लेख छ ।
यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराई आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै उहाँद्वारा दायर गरिएको निवेदनमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत