
काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ ।
बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गर्नुभएको थियो ।
सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वाेच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिएको थियो ।
सूचना तथा सञ्चारमन्त्री कार्कीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग भएको निकै लामो र निरन्तरको छलफलपछि सरकारले यसअघि संविधान संशोधनका लागि लगेको प्रस्ताव फिर्ता लिने र नयाँ प्रस्ताव संसद्मा लैजाने निर्णय पनि बैठकमा भएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाका सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य निर्वाचकमण्डलमा रुपमा रहने र संविधानको धारा २७४ लाई संशोधन गर्ने प्रस्ताव लगिनेछ । यसैगरी प्रदेश नं २ र ५ को मागलाई ध्यानमा राख्दै गाउँपालिका र नगरपालिकाको सङ्ख्या थप्ने विषयमा उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले तीन दिनभित्र सुझाव दिने र त्यसअनुसार सङ्ख्या आवश्यक भएमा थप्ने निर्णय गर्न सक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक