सोलुखुम्बु, २८ चैत । सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् ।
तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिनुभयो ।
ती हिमाल आरोहणमा जानेको लगत एसपिसिसीले राख्दै आएको छ । ल्होत्से र न्युह्त्से हिमाल आरोहण गर्नका लागि पनि सगरमाथाको आधार शिविर हुँदै क्याम्प थ्रीसम्म एउटै बाटो भएर जानुपर्दछ । सगरमाथा आधार शिविरमा यतिबेला विभिन्न समूहका आरोही, उचाइको कामदार, क्लाइम्बिङ शेर्पालगायत चार सयभन्दा बढी मानिसको चहलपहल रहेको अधिकृत राईले बताउनुभयो ।
सगरमाथालगायत खुम्बु क्षेत्रमा रहेका अन्य हिमाल आरोहण गर्नका लागि एसपिसिसीमा आरोहीको नाम, आरोहणका लागि लैजाने सामान दर्ता गरेर जानुपर्दछ । हिमाल आरोहण गरेर फर्किंदा आफूले प्रयोग गरेका सामान एसिसिसीको कार्यालय नाम्चेसम्म ल्याउनुपर्ने प्रावधान रहेको छ । आरोहीले जथाभावी फोहोर गर्न थालेपछि आरोहणका लागि लगिएको सामान प्रयोग गरिसकेपछि पुनः एसपिसिसीको कार्यालय नाम्चेबजारसम्म ल्याउनुपर्ने प्रावधान कडाइका साथ लागू गरिएको अधिकृत राईले बताउनुभयो ।
सगरमाथा अरोहणका लागि सबैभन्दा खतरनाक मानिएको खुम्बु आइसफल हुँदै क्याम्प टू सम्मको बाटो बनाउने काम सकिएको छ । गत यामको तुलनामा यस वर्ष एक हप्ताअगाडि नै क्याम्प टूसम्मको बाटो बनाउने काम सकिएको थियो । एसपिसिसीका आइसफल चिकित्सकले सगरमाथाको आधार शिविरदेखि क्याम्प टूसम्मको बाटो बनाउने काम सके पनि त्यो बाटोलाई निरन्तर सरसफाइ गरिरहने छन् । बनाइसकेको बाटोमा स–साना हिउँपहिरो झरिरहनाले पनि आधार शिविरदेखि क्याम्प टूसम्मको बाटोमा आइसफल चिकित्सकले दैनिकरुपमा बनाइरहनुपर्ने एसपिसिसीका बेसक्याम्प म्यानेजर छिरिङतेन्जिङ शेर्पाले बताउनुभयो ।
सन् २०१४ मा खुम्बुआइसफलको कुनाबाट बाटो बनाइएकामा हिमपहिरो झर्दा १६ आरोही तथा उचाइका कामदार (हाइअल्टिच्युड वर्कर)ले ज्यान गुमाएका थिए । त्यसैले गत वर्षदेखि आइसफलको बीचबाट बाटो बनाइएको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता