भैरहवा, २६ चैत । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ ।
विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलाई कामबापतको ६० करोड पाँचलाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नतिरेकाले यो विवाद निस्किएको हो ।
चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले विमानस्थल निर्माणको ठेक्का पाएपनि नेपाली सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलाई निर्माणको जिम्मा दिएको थियो ।
चिनियाँ कम्पनीले सम्झौताअनुसार रकम नदिँदा नेपाली पक्षले मर्कामा परेको भन्दै तीनदिने अल्टिमेटमसमेत दिएको छ ।
नेपाली पक्ष सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिले आज भैरहवामा पत्रकार सम्मेलन गरी चिनियाँ कम्पनीले सम्झौताअनुसार दिनुपर्ने रकम तत्काल दिनुपर्ने मागसमेत राखेको छ ।
नेपाली पक्ष सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङले चिनियाँ कम्पनीले विभिन्न बहाना वनाएर हामीलाई हटाउने योजनाका साथै काममा पनि ढिलाइ गर्ने योजना बनाएको आरोप लगाउनुभएको छ ।
नेपाली र चिनियाँ ठेकेदारबीच लेनदेन विवाद भएपछि चैत ८ गते भैरहवामा सर्वपक्षीय छलफल गरी विवाद टुङ्ग्याउने सहमति भएको थियो ।
सहमतिमा नेपाल सरकारका तर्फबाट दक्षिण एसियाली पूर्वाधार विकास आयोजनाका नेपाल प्रमुख तथा सहसचिव डन्डुराज घिमिरे, क्यानका उपनिर्देशक राजकुमार क्षेत्री, एडिबीका नरेश प्रधान तथा आयोजना प्रमुख ओम शर्माको रोहबरमा बैठक बसी चिनियाँ कम्पनीका उपाध्यक्ष वाङ् जियान गाङ् र नेपाली कम्पनीका अध्यक्ष राजु गुरुङले हस्ताक्षर गरेका थिए ।
सहमतिमा नेपाली पक्षले पाँच दिनभित्र चिनियाँ पक्षलाई बिलविजक दिने र एक हप्ताभित्र नेपाली पक्षलाई पूरा रकम चिनियाँ पक्षले चुक्ता गर्ने उल्लेख थियो ।
चैत २० गतेभित्र नेपाली पक्षले सबै रकम पाउनुपर्ने सहमति गरेको भए तापनि चिनियाँ पक्षले रकम नदिई अहिले उल्टै नेपाली पक्षलाई काम गर्न अवरोध गरेको आरोप लगाएपछि नेपाली पक्षले पत्रकार सम्मेलन नै गरेर विषयवस्तुका बारेमा स्पष्ट पारेको बताएको छ ।
विमानस्थल निर्माणस्थलमा नेपाली पक्षले सम्झौताअनुसार काम गर्ने क्रममा २७ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी जेठ मसान्तसम्म ६० प्रतिशत काम गर्ने लक्ष्य राखेको थियो ।
तर एकाएक चिनियाँ पक्षले विवाद निकालेर नेपाली पक्षलाई हटाउन खोजेपछि चैत १ गतेदेखी निर्माणको काम ठप्प भएको छ ।
काम ठप्प हुँदा नेपाली ठेकेदार कम्पनीमा कार्यरत २५० जना कर्मचारी र विभिन्न यान्त्रिक साधनका ५०० जना दैनिक ज्यालामजदुरी गर्ने व्यक्तिसमेत बेरोजगार बन्न बाध्य भएका छन् ।
विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गर्नुभएको यो विमानस्थल २०७४ जेठ १९ गते सम्पन्न गर्नुपर्ने थियो । तर तराई मधेस आन्दोलन र नाकाबन्दीका कारण आयोजना निर्माणको अवधि १६७ दिन थपी २०७४ कात्तिक २५ गतेसम्मलाई लम्ब्याइएको छ ।
नेपाली र चिनियाँ ठेकेदार कम्पनीबीच विवाद चुलिएपछि नेपालस्थित चिनियाँ राजदूताबासले समेत चासो व्यक्त गरेको बुझिएको छ । चिनियाँ राजदूतावासले दुवैपक्षलाई सहमतिमा ल्याई पुनः पुरानै सम्झौताअनुसार दुवै पक्षलाई मिलेर काम गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे