लन्डन । यूके नेपाल बडी बिल्डिङ च्याम्पियन २०१४ बिसन गुरुङ नेपालमा भएको एउटा राष्ट्रिय प्रतियोगितामा फस्ट रनर अप उपाधि जित्न सफल भएका छन् ।
गत ७ र ८ अप्रिल २०१७ मा काठमाण्डौंमा भएको ‘मिस्टर हिमालय राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप’ को ७५ क्याटेगोरीमा विसन दोश्रो उपाधि अर्थात फस्ट रनर अप बन्न सफल भएका हुन् ।
यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस (यूकेएनएफबीएफ) अध्यक्ष किशोर गुरुङले विजेता खेलाडी विसनलाई बधाई दिंदै उक्त जित विसनका लागि मात्र नभइ संस्थाका लागि समेत ऐतिहासिक भएको बताए । उनले विसनलाई जिताउन महत्वपूर्ण सहयोग गरेकामा मिस्टर नेपाल सानु गुरुङलाई धन्यवाद समेत दिएका छन् ।
यूकेएनएफबीएफले गत मंगलबार नेपाल उड्नुअघि विसनलाई शुभकामना र विदाइ गर्न अल्डरसटमा एक कार्यक्रम राखेको थियो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै