काठमाडौँ, २५ चैत । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ए ३३०–२०० विमान खरिद गर्ने भएको छ ।
उक्त विमान खरिदका लागि निगम र अमेरिकन कम्पनी एएआरबीच आज खरिद सम्झौता भएको छ । निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्ने महाप्रबन्धक कंशाकाकरले राससलाई जानकारी दिनुभयो । दुवै विमान २०९ दशमलव ६ मिलियन अमेरिकन डलर (करिब २२ अर्ब रूपैयाँ) मा खरिद गर्ने गरी सम्झौता भएकोे छ ।
नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चैर एकै पटक विमान खरिद गरेको पहिलो पटक भएको महाप्रबन्धक कंशाकारले बताउनुभयो । अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज सहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा विजनेस क्लासका सिट हुनेछन् ।
दुई जहाज थपिएसँगै पाँचवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान भर्नेछ, अहिले निगमसँग एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत विभिन्न आठ गन्तव्यमा अडान भरिरहेको छ ।
महाप्रबन्धक कंसाकारका अनुसार नयाँ विमान लामो ‘रेन्ज’ को छ, जुन नेपालदेखि सिधा बेलायतको लण्डनसम्म निरन्तर उडान गर्न सकिन्छ । यसबाट श्रीलङ्का, म्यानमार, जापन, दक्षिण कोरिया, अष्ट्रेलिया, साउदी अरेबीयालगायत गन्तव्यमा उडान भर्नुका साथै हाल भएकै गन्तव्यमा थप उडान थप्ने निगमको योजना छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा