काठमाडौँ, २५ चैत । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ए ३३०–२०० विमान खरिद गर्ने भएको छ ।
उक्त विमान खरिदका लागि निगम र अमेरिकन कम्पनी एएआरबीच आज खरिद सम्झौता भएको छ । निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्ने महाप्रबन्धक कंशाकाकरले राससलाई जानकारी दिनुभयो । दुवै विमान २०९ दशमलव ६ मिलियन अमेरिकन डलर (करिब २२ अर्ब रूपैयाँ) मा खरिद गर्ने गरी सम्झौता भएकोे छ ।
नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चैर एकै पटक विमान खरिद गरेको पहिलो पटक भएको महाप्रबन्धक कंशाकारले बताउनुभयो । अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज सहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा विजनेस क्लासका सिट हुनेछन् ।
दुई जहाज थपिएसँगै पाँचवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान भर्नेछ, अहिले निगमसँग एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत विभिन्न आठ गन्तव्यमा अडान भरिरहेको छ ।
महाप्रबन्धक कंसाकारका अनुसार नयाँ विमान लामो ‘रेन्ज’ को छ, जुन नेपालदेखि सिधा बेलायतको लण्डनसम्म निरन्तर उडान गर्न सकिन्छ । यसबाट श्रीलङ्का, म्यानमार, जापन, दक्षिण कोरिया, अष्ट्रेलिया, साउदी अरेबीयालगायत गन्तव्यमा उडान भर्नुका साथै हाल भएकै गन्तव्यमा थप उडान थप्ने निगमको योजना छ ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते