पेरिस (फ्रान्स), २५ चैत । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ आलान्द र जर्मन चान्सलर एन्जेला मर्केलले शुक्रबार सिरियामा भएको अमेरिकी आक्रमण सिरियाली राष्ट्रिपति बसर अल असद जिम्मेवार नबन्दा भएको घटना बताउँदै असदले नै यसको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।
पेन्टागनले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार ‘दुमाहक ल्याण्ड अट्याक–५९’ क्षेप्यास्त्रलाई पूर्वी भूमध्यसागर क्षेत्रमा अवस्थित युएसएस पोर्टर र युएएस रोसबाट ग्रीनवीच समय अनुसार शुक्रबार १ बजेर ४० मिनेटको समयमा छोडिएको थियो । क्षेप्यास्त्र सिरियाली विमान, विमानस्थल, सैनिक विमान, इन्धन भण्डार, हवाइ रक्षा प्रणाली र राडारलाई लक्षित गरी छोडिएको विज्ञप्तिमा जनाइएको छ ।
युरोपेली दुई नेता अलान्द र मर्केलले सिरियामा भएको अमेरिकी आक्रमणबारे फोनमार्फत आफूहरुलाई जानकारी गराएको बताउनुभयो । आक्रमण दमास्कस मङ्गलबार गरिएको भनिएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरुप गरिएको पनि बताइएको छ ।
फ्रान्सको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा सिरियामा पछिल्लो समय भएको हमलाप्रति असद पूर्णरुपमा जिम्मेवार रहेको जनाइएको छ । “जसले लगातार रासायनिक र सामूहिक हत्या गर्छ सजाय नभोगी बस्न सम्भव छैन,” विज्ञप्तिमा भनिएको छ ।
रसियाली राष्ट्रपति पुटिनले भने सार्वभौम अरब राष्ट्रमाथि भएको हवाइ आक्रमण आवेगको परिणाम मात्र भएको बताउनुभएको छ ।
उहाँले सिरिया हमला इराकमा गरिएको हमलाबाट सर्वासाधारणको मृत्यु भएको भएको घटनाका विषयमा विश्वको ध्यानलाई विकेन्द्रित गर्ने ध्येय मात्र भएको पुटिनको भनाइ छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार