पेरिस (फ्रान्स), २५ चैत । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ आलान्द र जर्मन चान्सलर एन्जेला मर्केलले शुक्रबार सिरियामा भएको अमेरिकी आक्रमण सिरियाली राष्ट्रिपति बसर अल असद जिम्मेवार नबन्दा भएको घटना बताउँदै असदले नै यसको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।
पेन्टागनले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार ‘दुमाहक ल्याण्ड अट्याक–५९’ क्षेप्यास्त्रलाई पूर्वी भूमध्यसागर क्षेत्रमा अवस्थित युएसएस पोर्टर र युएएस रोसबाट ग्रीनवीच समय अनुसार शुक्रबार १ बजेर ४० मिनेटको समयमा छोडिएको थियो । क्षेप्यास्त्र सिरियाली विमान, विमानस्थल, सैनिक विमान, इन्धन भण्डार, हवाइ रक्षा प्रणाली र राडारलाई लक्षित गरी छोडिएको विज्ञप्तिमा जनाइएको छ ।
युरोपेली दुई नेता अलान्द र मर्केलले सिरियामा भएको अमेरिकी आक्रमणबारे फोनमार्फत आफूहरुलाई जानकारी गराएको बताउनुभयो । आक्रमण दमास्कस मङ्गलबार गरिएको भनिएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरुप गरिएको पनि बताइएको छ ।
फ्रान्सको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा सिरियामा पछिल्लो समय भएको हमलाप्रति असद पूर्णरुपमा जिम्मेवार रहेको जनाइएको छ । “जसले लगातार रासायनिक र सामूहिक हत्या गर्छ सजाय नभोगी बस्न सम्भव छैन,” विज्ञप्तिमा भनिएको छ ।
रसियाली राष्ट्रपति पुटिनले भने सार्वभौम अरब राष्ट्रमाथि भएको हवाइ आक्रमण आवेगको परिणाम मात्र भएको बताउनुभएको छ ।
उहाँले सिरिया हमला इराकमा गरिएको हमलाबाट सर्वासाधारणको मृत्यु भएको भएको घटनाका विषयमा विश्वको ध्यानलाई विकेन्द्रित गर्ने ध्येय मात्र भएको पुटिनको भनाइ छ ।
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय