काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो ।
सो अवसरमा डा भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन चिह्नबारे राख्नुभएको जिज्ञासामा सभापति भट्टराईले सकारात्मक जवाफ दिनुभएको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
नयाँशक्ति पार्टीले चुनाव चिह्नलाई लिएर केही दिनदेखि धर्ना कार्यक्रम गर्दै आएको छ ।
काँग्रेसद्वारा पूर्वप्रशासकसँग छलफल
नेपाली काँग्रेसले आफ्नो पक्षमा चुनावी वातावरण बनाउन पूर्वप्रशासक, पूर्वराजदूत र पूर्वसुरक्षा अधिकारीसँग परामर्श गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आज निर्वाचनमा काँग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा उक्त छलफल गरेको जनाएको छ ।
गठन भएदेखि दिनहँु विभिन्न तहगत छलफलमा जुटेको सो समितिले छलफलमा उठेका सुझाव र सल्लाहलाई आधार मानेर निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीयस्तरमै भातृ, शुभेच्छुक र पेसागत संस्था तथा वुद्धिजीवीसमेत परिचालन गर्ने जनाएको छ ।
यसअघि समितिले निर्वाचनको तयारीस्वरुप पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसदहरु र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग छलफल र परामर्श गरेको थियो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित सो समितिले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आ–आफ्ना सङ्गठनलाई केन्द्रदेखि स्थानीय तह (वडा तह) सम्म परिचालन गर्न निर्देशन दिएको छ ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय