काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो ।
सो अवसरमा डा भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन चिह्नबारे राख्नुभएको जिज्ञासामा सभापति भट्टराईले सकारात्मक जवाफ दिनुभएको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
नयाँशक्ति पार्टीले चुनाव चिह्नलाई लिएर केही दिनदेखि धर्ना कार्यक्रम गर्दै आएको छ ।
काँग्रेसद्वारा पूर्वप्रशासकसँग छलफल
नेपाली काँग्रेसले आफ्नो पक्षमा चुनावी वातावरण बनाउन पूर्वप्रशासक, पूर्वराजदूत र पूर्वसुरक्षा अधिकारीसँग परामर्श गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आज निर्वाचनमा काँग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा उक्त छलफल गरेको जनाएको छ ।
गठन भएदेखि दिनहँु विभिन्न तहगत छलफलमा जुटेको सो समितिले छलफलमा उठेका सुझाव र सल्लाहलाई आधार मानेर निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीयस्तरमै भातृ, शुभेच्छुक र पेसागत संस्था तथा वुद्धिजीवीसमेत परिचालन गर्ने जनाएको छ ।
यसअघि समितिले निर्वाचनको तयारीस्वरुप पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसदहरु र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग छलफल र परामर्श गरेको थियो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित सो समितिले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आ–आफ्ना सङ्गठनलाई केन्द्रदेखि स्थानीय तह (वडा तह) सम्म परिचालन गर्न निर्देशन दिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा