चितवन, २२ चैत । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।
साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदैछ । ती ठाउँमा बढीमा ६० मिटरसम्म अग्लो ठाउँबाट भित्तो काटेर सडक फराकिलो बनाइँदैछ ।
कालीखोलाबाट मुग्लिनसम्मको सडक हाल ५ दशमलव पाँच मिटरमात्रै फराकिलो छ । उक्त ठाउँमा नौ मिटर चौडा बनाउनुपर्ने हुन्छ । जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दै तल झर्नुपर्ने खनालले बताउनुभयो । सो क्रममा चट्टान झर्न सक्ने, थर्किएर पहिरो खस्न सक्ने सम्भावना रहेको प्राविधिक बताउँछन् ।
हिजोमात्रै घुमाउनेमा खसेको चट्टानी पहिरोले अरु सजगता अपनाउनुपर्ने सङ्केत गरेको छ । उक्त पहिरोले पाँचवटा सवारीका साधनलाई पुर्दा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । खनालले अप्रत्यासित रुपमा पहिरो खसेको बताउनुभयो ।
सो क्षेत्रमा ४८ मिटर माथिबाट भित्तो काट्ने काम भइरहेको छ । दुईवटा लोडर र दुईवटा एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको क्षेत्रमा पहिरो खसेको हो । सडकबाट करिब २० मिटर माथिबाट चट्टानको ढिस्को झरेको उहाँले बताउनुभयो । तीन चार दिनदेखि परेको पानी चट्टानभित्र पसेर ढिस्को झरेको अनुमान गरिएको छ ।
सो आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले पानी पर्दा र नपर्दा भित्तो काटिएको ठाउँमा सावधानी अपनाउनै पर्ने बताउनुभयो । जबसम्म भित्तो काटिएका ठाउँमा घाँस पलाउँदैन तबसम्म खतरा रहिरहने भन्दै उहाँले धेरै डराउनुपर्ने तर सावधानी भने अपनाउनै पर्छ भन्नुभयो ।
नयाँ भित्तो काटिएका ठाउँमा जहाँकहीँ जोखिम हुने भन्दै उहाँले हावाहुरी र बढी सुख्खा हुँदासमेत ती क्षेत्रमा ढुङ्गा र पहिरो खस्न सक्ने हुँदा सावधानी अपनाएरमात्रै यात्रा गर्न उहाँले आग्रह गर्नुभयो । सकेसम्म कम जोखिम होस् भन्नका लागि झर्न लागेका ढिस्का झारेर सडकलाई कम जोखिम बनाउन लागिपरेको उहाँले बताउनुभयो ।
यसअघि नै आयोजनाले साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ । आउँदो पुस महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उहाँले बताउनुभयो ।
सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा