
निर्वाचन आयोगले आगामी निर्वाचनमा लागि प्रयोगमा ल्याउन लागेको मतदाता परिचयपत्र छपाइ र लेमिनेशन गरेपछि तयारी भएको पत्र सञ्चारकर्मीलाई देखाउदै आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादव । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २१ चैत । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ ।
कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज सुभारम्भ गर्नुभएको हो ।
छपाइको जिम्मा पाएको ‘ओमनी ग्रुपले’ मतदाता परिचयपत्रको काम १० दिनमा पूरा गर्ने ग्रुपका संयोजक कुल हरिले जानकारी दिनुभयो ।
मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको उहाँले बताउनुभयो ।
परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ । त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ ।
दैनिकरुपमा १० देखि १४ लाखसम्म परिचयपत्र तयार हुने जानकारी दिइयो । यसपटकको मतदातापत्र विगतको तुलनामा निकै गुणस्तरयुक्त र सुरक्षित रहेको आयोगले दाबी गरेको छ । यो परिचयपत्र १० वर्षसम्म सहजै प्रयोग गर्न सकिने बताइएको छ ।
निर्वाचनका लागि आइतबार आयोगले मतदाताको सङ्ख्या यकिन भएसँगै नामावली र परिचयपत्र छपाइको काम धमाधम सुरु भएको हो ।
यी दुवै कार्यले मतदाता, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको थप सुनिश्चितता प्रदान गरेको छ । आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नाम आइतवार नै स्वीकृत गरेको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय