चितवन, २० चैत । चितवन राष्ट्रिय निकुञ्जबाट भोलिदेखि एक सिङ्गे गैँडा स्थानान्तरणका लागि निकुञ्जको सुखिभार क्षेत्रमा क्याम्प खडा गरी काम सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैंँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट आठ किलोमिटर पश्चिममा रहेको सुखिभारमा हिजो साँझ क्याम्प खडा गरिएको छ ।
गैँडा समाउन प्रयोग गरिने ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी हिजोदेखि सुखिभारमा बसेका छन् । कँडेलका अनुसार कर्मचारीले गैँडाको वासस्थानको खोजी गरी डार्टका लागि उपयुक्त ठाउँको पहिचान गर्दै छन् । पशु चिकित्सकले लठ्याउनका लागि गैँडालाई डार्ट गरेपछि करिब दुई मिनेटसम्म अनियन्त्रित बन्ने बताउँदै निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले नजिक पानी नभएको र अफ्ठ्यारो ठाउँ नभएको स्थानको खोजी भइरहेको बताउनुभयो ।
गैँडा फेलापरेपछि हात्तीले घेराहाली उपयुक्त ठाउँमा पुरयाइन्छ । गैँंडा लठ्याउन डार्ट गरिन्छ । ‘बन्दुकमा गोलीको रुपमा औषधि राखेर गैँडालाई हानेर औषधिले लठ्याउने कामलाई डार्टगर्ने भनिन्छ।’ सो पश्चात खोरमा राखेर गैँडा लैजाने गरिन्छ । गैँडा स्थानान्तरणका लागि हात्तीका माउते, पछुवा, निकुञ्जका कर्मचारी, नेपाली सेना, दातृ संस्था, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटी लगायतका प्रतिनिधि गरी करिब एक सयजना परिचालन हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।
भोलि बिहान सबेरै क्याम्पको हात्तीसारमा वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणको काम थालिने सहायक संरक्षण अधिकृत अर्यालले जानकारी दिनुभयो ।
यहाँको गैँडा शुक्लाफाँटा लैजाने र त्यहाँको बाह्सिङ्गे यहाँ ल्याउने तयारी गरिएको छ । यसअघि सन् २००० मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो ।
चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा लगिएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता