
सरकारले चुनाव चिन्ह नदिएको विरोधमा काठमाडौँको निर्वाचन आयोग अगाडि प्रदर्शनमा उत्रेका पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईका समर्थकहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २० चैत । आफूले मागेको चुनाव चिन्ह नदिएको भन्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेको नयाँशक्ति नेपाललगायत राजनीतिक दलका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले आयोग परिसरबाट नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल, सांसद गङ्गा चौधरीलगायतका नेतालाई नियन्त्रणमा लिएको हो । उहाँहरुलाई महानगरिय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उहाँहरुलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।
पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको आरोप लगाउनुभयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र केही प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
नयाँ शक्तिले आफूहरुलाई चुनाव चिन्ह ‘आँखा’ दिनुपर्ने माग गर्दै आएको छ । तर आयोगले भने संसद्मा रहेका दललाई वरियतामा अगाडि राखेर पहिले प्रयोग गर्दै चुनाव चिन्ह दिने र अन्यलाई भने आयोगले नै चुनाव चिन्ह दिने जनाउँदै आएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा