काठमाडौँ, १८ चैत । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीचको सम्बन्ध दुई खोलाको दोभानझै बृहत्तर भएकाले कुनै एक विषयसँग मात्र जोडेर हेर्न नहुने बताउनुभएको छ ।
दिल्ली विश्वविद्यालयमा आज आयोजित ‘राजदूतस्तरीय प्रवचन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको राजनीतिक, सामाजिक सांस्कृतिक, आर्थिकलगायतका बहुआयामिक सम्बन्ध भएकाले एउटा विषयलाई जोडेर अनेक किसिमको व्याख्या गर्न नमिल्ने धारणा राख्नुभयो ।
शान्ति, सहिष्णुता, समानता, सम्प्रभुता, पारस्परिक सद्भाव एकअर्काको आकाङ्क्षाको सिद्धान्तलाई दुई देशले आत्मसात् गरेर अघि बढ्नसकेको खण्डमा सम्बन्धलाई थप उचाइमा पुरयाउन सकिने राजदूत उपाध्यायको भनाइ थियो ।
दुई देशबीचको महत्वपूर्ण सहयोगको क्षेत्र जलविद्युत्को विकासमा जोड दिनुपर्ने बताउँदै उहाँले पञ्चेश्वरलगायतका परियोजनालाई अघि बढाउन सकारात्मक प्रयास आवश्यक रहेको चर्चा गर्नुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रोफेसर योगेश त्यागीको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय पूर्वराजदूत शिवशङ्कर मुखर्जी, जयन्तप्रसाद, भारतीय नेता डिपी त्रिपाठी, प्रोफेसर एसटी मुनीलगायतका वक्ता हुनुहुन्थ्यो ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त