काठमाडौँ, १८ चैत । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीचको सम्बन्ध दुई खोलाको दोभानझै बृहत्तर भएकाले कुनै एक विषयसँग मात्र जोडेर हेर्न नहुने बताउनुभएको छ ।
दिल्ली विश्वविद्यालयमा आज आयोजित ‘राजदूतस्तरीय प्रवचन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको राजनीतिक, सामाजिक सांस्कृतिक, आर्थिकलगायतका बहुआयामिक सम्बन्ध भएकाले एउटा विषयलाई जोडेर अनेक किसिमको व्याख्या गर्न नमिल्ने धारणा राख्नुभयो ।
शान्ति, सहिष्णुता, समानता, सम्प्रभुता, पारस्परिक सद्भाव एकअर्काको आकाङ्क्षाको सिद्धान्तलाई दुई देशले आत्मसात् गरेर अघि बढ्नसकेको खण्डमा सम्बन्धलाई थप उचाइमा पुरयाउन सकिने राजदूत उपाध्यायको भनाइ थियो ।
दुई देशबीचको महत्वपूर्ण सहयोगको क्षेत्र जलविद्युत्को विकासमा जोड दिनुपर्ने बताउँदै उहाँले पञ्चेश्वरलगायतका परियोजनालाई अघि बढाउन सकारात्मक प्रयास आवश्यक रहेको चर्चा गर्नुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रोफेसर योगेश त्यागीको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय पूर्वराजदूत शिवशङ्कर मुखर्जी, जयन्तप्रसाद, भारतीय नेता डिपी त्रिपाठी, प्रोफेसर एसटी मुनीलगायतका वक्ता हुनुहुन्थ्यो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता