काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा आज जानकारी गराएपछि राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष पनि व्यक्त गरेको आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमा महिला र आदिवासी जनजातिको विजयको सुनिश्चिताको अवस्थाबारे जिज्ञासा राख्नुभएकामा आयोगका तर्फबाट विद्यमान कानुनी व्यवस्थाबारे अवगत गराइएको सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।
राजनीतिक दलबाट उम्मेदवार छनोट गर्ने सिलसिलामा आवश्यक रुपमा सोचविचार भएका खण्डमा संविधानको भावनानुसार स्थानीय तह समानुपातिक र समावेशी चरित्रको नमुनाका रुपमा स्थापित हुने विषयमा पनि उहाँहरुबीच विचारविमर्श भएको थियो । सो अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरी पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
यसैबीच प्रमुख आयुक्त डा यादवको नेतृत्वको टोलीले आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री लिमिटेड गई त्यहाँ भइरहेको मतपत्र छपाइको स्थितिबारे जानकारी लिएको छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय