काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत रुपमा आज जानकारी गराएपछि राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका सन्दर्भमा आयोगबाट भइरहेको काम कारबाहीप्रति सन्तोष पनि व्यक्त गरेको आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमा महिला र आदिवासी जनजातिको विजयको सुनिश्चिताको अवस्थाबारे जिज्ञासा राख्नुभएकामा आयोगका तर्फबाट विद्यमान कानुनी व्यवस्थाबारे अवगत गराइएको सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।
राजनीतिक दलबाट उम्मेदवार छनोट गर्ने सिलसिलामा आवश्यक रुपमा सोचविचार भएका खण्डमा संविधानको भावनानुसार स्थानीय तह समानुपातिक र समावेशी चरित्रको नमुनाका रुपमा स्थापित हुने विषयमा पनि उहाँहरुबीच विचारविमर्श भएको थियो । सो अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरी पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
यसैबीच प्रमुख आयुक्त डा यादवको नेतृत्वको टोलीले आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री लिमिटेड गई त्यहाँ भइरहेको मतपत्र छपाइको स्थितिबारे जानकारी लिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश