
गोल्ड क्वेष्टस्थित रोबिना अस्पतालको पार्किंग क्षेत्रमा छिरेको बाढी । साइक्लोन डेबीले दक्षिण पूर्वी क्वीन्सल्याण्ड नराम्ररी प्रभावित भएको छ । तस्विरः एएफपी
अस्ट्रेलिया, १७ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको वर्षा र बाढीका कारण बिहीबार पनि कठिनाई भएको यहाँको प्रहरीले बताएको छ ।
गत मङ्गलबार डेवी नामको तूफान आउँदा क्वीन्सल्यान्ड राज्यको वोवेन र एअरलीबीच बीचको क्षेत्रमा रुखहरु लडेका, डुङ्गाहरु बगेका र व्यापक क्षति पुगेको थियो ।
सिड्नीबाट पूर्वमा अवस्थित सामुद्रिक तटमा आँधीपछि लगातार वर्षा भएको र यसका कारण कटिपय नदीकिनारमा रहेका बस्तीहरु समेत जलमग्न भएका छन् ।
आँधीपछि परेको वर्षाले क्वीन्सल्यान्डको राजधानी ब्रिसवनमा औसत एक महिनामा पर्ने वर्षाभन्दा बढी रहेको पाइएको अस्ट्रेलियाली मौसमविद्ले जनाएका छन् ।
आँधी र मुसलधारे वर्षाका कारण क्वीन्सल्यान्डका मनोरञ्जन पार्क र तटक्षेत्रलाई बन्द गरिएको छ ।
क्वीन्सल्यान्ड धेरै ठूलो राज्य भएको र विशाल मौसमी अवस्थाका कारण राज्यका धेरै क्षेत्रमा अस्तव्यस्त बनेको क्वीन्सल्यान्डका प्रधानमन्त्री अनास्टासिया पालास्नुकले बताउनुभयो ।
क्वीन्सल्यान्डका अधिकारीले तटीय क्षेत्र वरपर समुद्रबाट आएका सार्क (खतरनाक शिकारी माछा) लाई धपाइएको बताउँदै विस्तारै पानीमा झरी सुरक्षित स्थलतिर लाग्न अनुरोध गरेका छन् ।
आँधी र वर्षाका कारण कसैको मृत्यु भएका खबर भने समाचार तयार पार्दासम्म आएको छैन ।
आँधी र मुसलधारे वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस बस्ती छाडेर उच्च क्षेत्रमा शरण लिन पुगेका छन् ।
अस्ट्रेलियाको सेनाले आँधीले खडा गरेका अवरोध हटाउन ठूलो सङ्ख्यामा सैनिकलाई परिचालित गरेको छ ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय