काठमाडौँ, १७ चैत । नेपाल–भारत प्रबुद्ध समूहको बैठक यही चैत २३ र २४ गते यहाँ हुने भएको छ ।
प्रबुद्ध समूहको तेस्रो बैठक बस्ने मिति तय भएको समूहका सदस्य सांसद डा राजन भट्टराईले राससलाई जानकारी दिनुभयो । गत जनवरीमा बस्नुपर्ने बैठक स्थगन भएर पुनःबस्न लागेको हो । पहिलो बैठक गत जुलाइ र दोस्रो अक्टोबरमा भएको थियो । तेस्रो बैठकका समयमा भारतमा निर्वाचन परेकाले बैठक सरेको थियो । हरेक तीन महिनामा बैठक आयोजना हुन्छ ।
बैठकमा सन् १९५० को नेपाल–भारत सन्धि, दुई देशबीच जलस्रोत, व्यापार, पारवहन तथा सामाजिक सांस्कृतिकलगायत विषयमा छलफल हुने डा भट्टराईले बताउनुभयो । प्रबुद्ध समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्याय र परराष्ट्रविद् डा राजन भट्टराई तथा भारतबाट भगतसिंह कोसियारी, डा महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्तप्रसाद हुनुहुन्छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा