
प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भेटवार्ता गर्दै भारतका स्थल सेनाध्यक्ष विपिन रावत । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया मौलिक रहेको बताउनुभएको छ ।
भारतका स्थलसेनाध्यक्ष विपीन रावतसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा उहाँले आफू विद्रोही सेनाको प्रमुख कमान्डरबाट शान्ति प्रक्रियामा आएर दुई पटकसम्म प्रधानमन्त्री भएको उदाहरण संसारमै नभएको बताउँदै नेपालको शान्ति प्रक्रियाबाट संसारले सिक्न सक्ने बताउनुभयो ।
नेपालको शान्ति प्रक्रिया अनुपम रहेको र भारतका कास्मिर लगायत क्षेत्रमा पनि यो नमुना प्रयोग गर्न सकिन्छ कि भन्नेबारे प्रधानमन्त्रीले कुरा राख्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज डा अधिकारीले जानकारी दिनुभयो ।
उहाँहरुबीच दुई देशका सेनाको सदियौँदेखिको राम्रो सम्बन्धलाई निरन्तरता दिन र एकापसमा कस्तो खाले सहयोग गर्न सकिन्छ भन्नेबारे कुराकानी भएको अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
भेटका क्रममा भारतका स्थलसेनाध्यक्ष रावतले भारतीय सेनाले नेपाली सेनाका लागि के सहयोग गर्न सक्छ भन्नेबारे सैनिक मुख्यालयसँग कुराकानी भइरहेको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
भारतीय सेनापति रावतले नेपालको शान्ति प्रक्रियाका अनुभव भारतका लागि पनि उपयोगी हुने बताउनुभयो । यसअघि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा