काठमाडौँ, १७ चैत । अवैध रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई साउदी अरब सरकारको आममाफीको घोषणाबाट लाभ पाउने नेपालीका लागि नेपाल सरकारले सहजीकरण गर्ने भएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले साउदी सरकारले आफ्नो देश फर्कन पाउने गरी घोषणा गरेको आममाफीमा सहभागी हुन अवैध रुपमा त्यहाँ बसेका नेपालीलाई आग्रह गर्नुभयो । पत्रकारसँगको छलफलमा उहाँले बढीभन्दा बढी नेपाली कामदारलाई सहजीकरण गर्न सरकारले तुरुन्तै सो देशमा घुम्ती शिविर चलाउने तयारी गरेको जानकारी दिनुभयो ।
आममाफीमा सहभागिताबारे हेलो सरकार, फोन, इमेल, ट्विटर, फेसबुक प्रयोग गरेर समेत सहजीकरणका प्रयास भइरहेको बताइएको छ । यही चैत १६ गतेदेखि ९० दिनसम्मका लागि आममाफीको अवधि तोकिएको छ ।
साउदी अरबमा हालसम्म वैदेशिक रोजगार विभागबाट १० लाख श्रम स्वीकृति लिएर रोजगारीमा गएकामा अहिले पाँच लाख त्यहाँ कार्यरत रहेको बताइन्छ । तीमध्ये कम्तीमा एक लाख आममाफीबाट लाभान्वित हुने अपेक्षा प्रधानमन्त्री कार्यालयले लिएको छ ।
कम्पनीले राहदानी खोसेका, आफूसँग नभएका श्रम स्वीकृतिको अवधिभन्दा बढी बसेका, कम्पनी छोडेर भागेका र लुकेर बसेकालाई समेत आममाफीले समेट्छ । साउदी सरकारको कानुनबमोजिम गम्भीर प्रकृतिका अपराध गरेका वा प्रवेशाज्ञा वा करारसँग सम्बन्धित विषयभन्दा बाहिर गएका विषय भने आममाफीले समेट्ने छैन ।
साउदी सरकारले तोकेको अवधिभित्र आममाफीको फाइदा नलिएमा त्यहाँको सरकारबाट कम्तीमा १५ हजारदेखि एक लाख रियाल अर्थात् कम्तीमा रु चार लाख २० हजार देखि २८ लाखसम्म जरिवाना तिर्नुुपर्छ । कामदार आममाफीभित्र पर्ने विषयको सुनुवाइ गर्न साउदी अरबको राहदानी विभागमा जानुपर्छ ।
आममाफीभित्र पर्ने नागरिकले साउदी सरकारले तोकेको कार्यालय अथवा स्थानसम्म गएर सेवा लिन नसक्ने अवस्था भए नेपाली राजदूतावास र महावाणिज्य दूतावासबाट सहयोग लिन सक्ने व्यवस्था मिलाइएको सल्लाहकार डा अधिकारीले जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]