चौतारा, १७ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।
आगामी बडादसैँसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो । हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किमी र ग्यालथुमबाट सिन्धुखण्डमा २.१ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।
सिन्धुखण्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखा परेको छ । सो खण्डमा कमजोर चट्टान भएको भनी ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकाले त्यसको अध्ययन भइरहेको हुँदा सम्भाव्यता देखिएमा वैकल्पिक उपाय अपनाइने दुवाडीले बताउनुभयो ।
हाल चार स्थानबाट एकैसाथ दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेकामा अबदेखि दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ यसअघि नै सम्पन्न भइसकेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा