काठमाडौँ, १६ चैत । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ ।
नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली आज निर्वाचन आयोगमा पठाइएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलताको अन्त्य र मुलुकको समृद्धिका लागि स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उहाँले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताउनुभयो ।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले आजै पदबहालीसमेत गर्नुभयो । यसअघि अध्यक्ष लोहनी राप्रपाको शीर्ष नेतृत्वमा हुनुहुन्थ्यो ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय