डा लोहनीले खोले नयां पार्टी

काठमाडौँ, १६ चैत । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ ।

नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली आज निर्वाचन आयोगमा पठाइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलताको अन्त्य र मुलुकको समृद्धिका लागि स्थापना गरिएको स्पष्ट पार्नुभयो ।

आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उहाँले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताउनुभयो ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले आजै पदबहालीसमेत गर्नुभयो । यसअघि अध्यक्ष लोहनी राप्रपाको शीर्ष नेतृत्वमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री