
प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्तापछि विभिन्न प्रजातिका सात घोडा हस्तान्तरण गर्नुहुँदै । तस्बिर ः सौजन्य–रक्षा मन्त्रालय, रासस
काठमाडौँ, १६ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमण रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीवृन्दहरुसँग समेत भेट गर्नुभएको थियो । उहाँ प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा मङ्गलबार चारदिने भ्रमणका लागि यहाँ आउनुभएको हो ।
भेटपछि जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सात घोडासमेत हस्तान्तरण गर्नुभयो । त्यसअघि भारतीय सेनाध्यक्ष रावतले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुभएको थियो । जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु