
चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ मङ्गलबार चीनको स्वासासित क्षेत्र तिब्बतस्थित पोतला दरबारको अवलोकन गर्नुहुँदै । साथमा उहाँकी धर्मपत्ती सीता दाहाल । तस्बिर ः सौजन्य, प्रधानमनमन्त्रीको निजी सचिवालय, रासस
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित ऐतिहासिक पोताला दरबारको आज अवलोकन गर्नुभएको छ ।
सिचुवान प्रान्तको राजधानी छन्दुबाट आज बिहानै ल्हासा आउनुभएका उहाँले तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भएको सो छलफलमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि तिब्बतस्थित नेपालका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र यसका लागि महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाका बिबिध पक्षबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो ।
ल्हासा विमानस्थल पुग्दा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महावाणिज्यदूत कार्कीसहित महावाणिज्यदूतावासका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता