
चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ मङ्गलबार चीनको स्वासासित क्षेत्र तिब्बतस्थित पोतला दरबारको अवलोकन गर्नुहुँदै । साथमा उहाँकी धर्मपत्ती सीता दाहाल । तस्बिर ः सौजन्य, प्रधानमनमन्त्रीको निजी सचिवालय, रासस
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित ऐतिहासिक पोताला दरबारको आज अवलोकन गर्नुभएको छ ।
सिचुवान प्रान्तको राजधानी छन्दुबाट आज बिहानै ल्हासा आउनुभएका उहाँले तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भएको सो छलफलमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि तिब्बतस्थित नेपालका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र यसका लागि महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाका बिबिध पक्षबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो ।
ल्हासा विमानस्थल पुग्दा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महावाणिज्यदूत कार्कीसहित महावाणिज्यदूतावासका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त