
बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ आइतबार सार्वजनिक गर्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मा । तस्बिर ः सौजन्य–कृष्ण बजगाईं, रासस
काठमाडौँ, १५ चैत । साझा प्रकाशन कर्मचारी सङ्घ तथा कर्मचारी सङ्गठनले अध्यक्ष एवम् महाप्रबन्धकले संस्था र कर्मचारीको हितविपरीत निर्णय गरेको भन्दै असहमति जनाएका छन् ।
साझाका कर्मचारी र कर्मचारी सङ्गठनको संयुक्त बैठकले अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थालाई व्यवस्थित र उन्नत बनाउनको विपरीत संस्थाप्रति अनुदार रहेको र कर्मचारीको हितविपरीत निर्णय गरेको भन्दै आपत्ति जनाउँदै विभिन्न माग गरेका छन् ।
साझा प्रकाशन सञ्चालक समितिले गत फागुन १० सार्वजनिक गरेको संस्थामा २० वर्ष सेवाअवधि पुगेको कर्मचारीको अनिवार्य अवकाश गर्ने निर्णय कर्मचारीले तत्काल फिर्ता गर्न माग गरेका छन् । संस्थाका कर्मचारीलाई दिन बाँकी हालसम्मको तलब, सञ्चय कोषलगायतको रकम तत्काल उपलब्ध गराउन माग गरिएको छ ।
त्यसैगरी संस्थाबाट उमेर हदका कारण सेवानिवृत्त तथा स्वेच्छिक अवकाश भएका कर्मचारीको उपदान रकम तत्काल भुक्तानी गर्नुपर्नेजस्ता माग गरिएको छ ।
संयुक्त बैठकले साझा प्रकाशन कर्मचारी प्रशासन नियमवाली २०७३ कर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी प्रशासन नियमवाली २०६८ मा भएका नियम कायम गरी कर्मचारी नियमावलीको संशोधन माग गरेका छन् ।
अध्यक्ष शर्माले आफू अनुकूल ५० जना कामदार राखेको, लेखकलाई रोयल्टीसमेत नदिएको साझा प्रकाशन कर्मचारी सङ्घका अध्यक्ष हरिभद्र घिमिरेले जानकारी दिनुभयो ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा