
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार चीनको बेइजिङ्मा आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्नुहुँदै । तस्बिर, सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय, रासस
काठमाडौँ, १४ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गर्नुभएको छ ।
चीनको बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट गर्नुभयो ।
नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले लगानी, व्यापार तथा आर्थिक सुधारलाई आफ्नो मुलुकले विशेष प्राथमिकता दिएको जानकारी गराउनुभयो ।
लगानीका लागि उर्बरभूमी नेपालको जुनसुकै क्षेत्र तथा स्थानमा लगानी गर्न सकिने बताउँदै उहाँले जलस्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा लगानी गरेर चिनियाँ लगानीकर्ताले फाइदा लिनसक्ने बताउनुभयो ।
नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र अध्यात्मिक क्षेत्रमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई प्राथमिकता दिएर पर्यटन प्रवद्र्धनका लागि चिनियाँसँग सहकार्य गरी अगाडि बढ्न सकिने बताउनुभयो ।
भैरहवा, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको छ भन्नुभयो ।
मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवम् लगानीमैत्री वातावरण निर्माण गर्नुभएको धारणा राख्नुभयो ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपालको लगानीको अवसरका विषयमा नजिकबाट नियाली रहेको उल्लेख गर्दै उहाँले ती संस्थाले पनि आफ्नो मुलुकलाई लगानीको अवसर भएको मुलुकका रुपमा चित्रण गरेकाले चिनियाँ लगानीकर्ताका लागि यो उपयुक्त अवसर भएको बताउनुभयो ।
नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी(एफडिआई) गर्ने मुख्य मुलुक चीन भएकोे बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाइएकोमध्ये चिनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।
चीन नेपालको सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक बनेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले विश्व अर्थतन्त्रको आकार र गतिमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो ।
प्राचीनकालदेखि नेपाल र चीनबीचको हिमालय क्षेत्रमा हुने गरेको वस्तु आयात निर्यातबाट विस्तार भएको दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रुपमा विस्तार हुँदै गएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
विश्व आर्थिक वृद्धिको मुख्य चालक भएको र वित्तीय क्षेत्र मुख्य क्षेत्र भएको उल्लेख गर्दँै उहाँले चीनको समृद्धिबाट दक्षिण एसियाली क्षेत्रले नै फाइदा लिनसक्ने धारणा राख्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता