असोजमा मेलम्चीको पानी नआउने चिन्ता

काठमाडौँ, ११ चैत । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ ।

सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गर्नुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७.५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३.२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ ।

शोक प्रस्ताव पारित 

सांसद दुलारी देवीको बिहीबार राति निधन भएपछि आजको बैठकमा सभापति डोरप्रसाद उपाध्यायले शोक प्रस्ताव राख्नुभयो ।

सांसद दुलारी देवीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको बैठकमा राखिएको कार्यसूची मेलम्चीका विषयमा आगामी बैठकमा छलफल गर्ने गरी बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री