काठमाडौँ, ११ चैत । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा मेलम्चीको पानी असोजमा काठमाडौँमा आउन नसक्ने चिन्ता प्रकट भएको छ ।
सांसद मोहनबहादुर बस्नेतले मेलम्चीको मुहानस्थलमा हेडवक्र्सको काम अघि नबढेकाले असोजमा मेलम्चीको पानी काठमाडौँमा नआउने र सो आयोजनाका कामका विषयमा आगामी बैठकमा छलफल गरिनुपर्ने माग गर्नुभयो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलसम्म २७.५८ किमी सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म २३.२३ किमी सम्पन्न भएको छ । बाँकी साढे चार किमी सुरुङ निर्माण सकी विसं २०७४ असोज मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने सरकारको लक्ष्य छ ।
शोक प्रस्ताव पारित
सांसद दुलारी देवीको बिहीबार राति निधन भएपछि आजको बैठकमा सभापति डोरप्रसाद उपाध्यायले शोक प्रस्ताव राख्नुभयो ।
सांसद दुलारी देवीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको बैठकमा राखिएको कार्यसूची मेलम्चीका विषयमा आगामी बैठकमा छलफल गर्ने गरी बैठक स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की