
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमण थाल्नुअघि बिहीबार पूर्वप्रधानमन्त्री तथा चीन मामिलाका विज्ञहरुसँग छलफल गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी छिमेक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमण थाल्नुअघि आज पूर्वप्रधानमन्त्री तथा चीन मामिलाका विज्ञहरुसँग छलफल गर्नुभएको छ ।
आज चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री दाहालले आफूले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ता र आपसी चासोका विषयमा उहाँको सरकारी निवासमा पूर्वप्रधानमन्त्री तथा विज्ञसँग सुझाव लिनुभएको हो ।
बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री तथा विज्ञ तथा व्यवसायीलाई स्पष्ट पारिएको जानकारी दिनुभयो ।
चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री महतले दुई देशबीच सहयोगको क्षेत्र कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा नेपालको तयारी पूरा भएको छ तर अहिले प्राविधिक कारणले सम्झौता भने नहुने बताउनुभयोे । उहाँले भन्नुभयो, “दुई देशको कनेक्टिभिटी, कोदारी सडक, स्याफ्रुबेसी मार्ग र वन बेल्ट वन रोड लगायतका विषयमा छलफल भयो ।”
बैठकमा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई देशबीच सद्भाव अभिवृद्धि गर्न सम्पूर्णरुपले ध्यान केन्द्रित गर्नुहोस् भनेर आफूहरुले सुझाव दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई देशबीच विकास र सहयोगका धेरै सम्भावना छन् । त्यो सम्भावनालाई ध्यानमा राखेर जानुपर्छ । यस बीचमा चिसिन खोजेको भ्रमणलाई न्यानो बनाउन सक्नुभयो भने सफल हुन्छ भन्ने हाम्रो विश्वास छ ।” बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अहिले चीन र भारतसँगको सम्बन्धमा विश्वासको कमी भएर गएकाले सद्भाव बढाउन सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वासको सङ्कट हुन थालेको अवस्थामा यस्ता भ्रमणको मूल उद्देश्य विश्वास आर्जन गर्ने हो, सद्भाव बढाउने हो ।”
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय