पर्सा, ६ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल पर्साले आज पोखरियामा अयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो — “संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद्बाट पारित भएपछि मात्र तराइ मधेसमा निर्वाचनको वातावरण निर्माण हुन्छ ।”
अध्यक्ष यादवले मधेसी, मुस्लिम, दलित जनजातिलगायत उत्पीडित वर्गको मागलाई सम्बोधन नगरी सरकारले जबर्जस्ती रुपमा निर्वाचन लाद्न खोजे त्यसो कडा विरोध गर्ने बताउँदै जनतालाई अधिकारबाट वञ्चित गरी गर्ने भनिएको निर्वाचन आफ्नो दल र मधेसी मोर्चालाई स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभयो ।
एमाले हठका कारण सप्तरी घटना भएको आरोप लगाउँदै उहाँले भन्नुभयो — “अन्धो राष्ट्रभक्तिका नाममा एमाले समुदाय समुदायबीच भिडन्तको अवस्था सिर्जना गराउन खोजेको छ ।”
सो अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दी, सांसद वीरेन्द्र महतो, उद्योगपति विजय सरावगी, निर्माण व्यवसायी हरिनारायण रौनियार लगायतका वक्ताले संविधानलाई सर्वस्वीकार्य बनाउन संसद्मा दर्ता भएको संशोधन प्रस्ताव परिमर्जनसहित पारित गराउनका लागि सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएकालाई अध्यक्ष यादवले फूलको माला र अबिरको टीका लगाइ पार्टीमा स्वागत गर्नुभयो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै