
काठमाडौँ, ६ चैत । परराष्ट्र मामिलाका जानकारहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणलाई दुवै देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले भ्रमणलाई विगतमा चीनसँग नेपालले गरेको सन्धि सम्झौता कार्यान्वयनमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
पछिल्ला दशकमा चीनको अन्तर्राष्ट्रियस्तरमा बढ्दो शक्ति र उपस्थितिले चीनसँगको कूटनीतिक आयाम परिवर्तन भएको बताउँदै उहाँले नेपालले पनि सोहीअनुसार नै बुझ्नुपर्नेमा जोड दिनुभयो ।
सन् १९९६ पछि कुनै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराजदूत आचार्यले त्यसका लागि नेपालमा उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री दाहालको चीन भ्रमण वर्तमान सरकार गठनका बेला भएको आलोचना सच्याउने अवसरका रुपमा हुने जिकिर गर्नुभयो ।
भ्रमणका दौरानमा ‘वान बेल्ट वान रोड’ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गर्दै उहाँले उक्त सम्झौताले नेपालमा चीनबाट रेल र तेल (पेट्रोलियम पदार्थ) ल्याउन सहज हुने बताउनुभयो । दुवै देशको कूटनीतिक वार्तामार्फत उत्तरी नाकाको विकास र विस्तार गरी नेपालको उत्तरी क्षेत्रमा कायम रहेको आर्थिक विपन्नता हटाउनुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा सांसद एवम् नेपाल–भारत प्रबुद्ध समूहका सदस्य डा राजन भट्टराईले भ्रमणको पूर्वसन्ध्यामा पनि प्रधानमन्त्रीको भ्रमणका बारेमा स्पष्ट हुन नसक्नुमा आश्चर्य व्यक्त गर्नुभयो ।
विगतको सरकारले चीनसँग गरेका पारवहन र यातायात सम्झौता कार्यान्वयन गर्न सरकार अग्रसर हुनुपर्ने बताउँदै सांसद भट्टराईले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीनसँग विश्वासको वातावरण बढाउने मौकाका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले यही चैत १० गतेदेखि चीनको भ्रमण गर्नुहुने तयारी भइरहेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा