
गिरिजाप्रसाद फाउन्डेसनद्वारा काठमाडौँमा शनिबार आयोजित ‘नेपाल–भारत बीचको सर्वाङ्गीण विकासका लागि अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ चैत । नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भएमात्र विकास सम्भव भएको वक्ताहरुले बताएका छन् ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउन्डेसनले यहाँ आज आयोजना गरेको ‘नेपाल–भारत अन्तरसम्बन्ध र समग्र विकास सम्भावना’ विषयक अन्तक्र्रियाका वक्ताहरुले दुई देशको विकासका लागि दुई देशबीच विश्वासको खाँचो रहेको औँल्याएका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारतबीच धेरै पुरानो सम्बन्ध रहेको भन्दै यसलाई निरन्तरता दिन दुई मुलुक नै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबु प्रधानमन्त्री भएका बेलामा नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बलियो थियो, पछिल्लो समय विश्वासको वातावरण त्यति बलियो हुन सकेको छैन, दुई देशबीच विश्वासको वातावरण बनाउनु जरुरी छ ।”
नेता पौडेलले गिरिजाबाबुको समयमा नेपाल–भारत सम्बन्ध सुमधुर भएका कारण नै मुलुक विकासको बाटोमा गएको बताउनुभयो । उहाँले नेपाल, भारत र चीनको परिवर्तनसँगै भए पनि नेपालमा व्यवस्थाको टुङ्गो लाग्न नसक्दा मुलुक पछाडि परेको उल्लेख गर्नुभयो । नेता पौडेलले हिंसामा मुछिएको मुलुकलाई शान्तिको बाटोमा ल्याउन गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेकपा (एमाले) का सांसद लालबाबु यादवले भारत र नेपालबीचको सम्बन्धमा धेरै समस्या रहेकाले समाधान नगरे दुवै देशलाई समस्या आउने बताउनुभयो । उहाँले गिरिजाप्रसाद कोइराला देश बुझेको देशभक्त नेता भन्दै उहाँको अभाव देशमा खड्किएको बताउनुभयो ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियाले प्रजातन्त्र, शान्ति र विकासमा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुनसके विकासका कार्यक्रमले अझ गतिलिने बताउनुभयो । दुवै देशका नीति निर्माणकर्ताले विकासका प्राथमिकता निक्र्यौल गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत विनय कुमारले नेपाल र भारतको धर्म, वेषभूषा, रहनसहन लगायतका कुरा मिल्ने बताउँदै नेपाल–भारतको बहुक्षेत्रमा विकासका कार्यक्रम अगाडि बढेको बताउनुभयो । दुई देशबीचको सुमधुर सम्बन्धका कारण पछिल्ला वर्षमा धेरै विकास आयोजना अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, गिरिजाप्रसाद कोइरालाको समयमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मारेको थियो ।”
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध बहुक्षेत्रमा आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको उत्पादनले भारतको बजार बनाउन सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै गिरिजाप्रसाद कोइरालाको पालामा नेपालले सबैभन्दा बढी आर्थिक वृद्धि हासिल गर्न सकेको तथ्य प्रस्तुत गर्नुभयो ।
फाउन्डेसनकी उपाध्यक्ष मेलानिया रोशा चौधरी, नेपाल विश्व सम्बन्ध परिषदका पूर्वअध्यक्ष डा राजेन्द्र श्रेष्ठ, पूर्वराजदूत डा सुरेश चालिसे लगायतले नेपाल–भारतबीचकोे सम्बन्ध प्रगाढ बनाएर विकासका सम्भावनालाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा कार्यक्रमका वक्तालाई फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले स्मृति चिह्न प्रदान गर्नुभएको थियो ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा