काठमाडौँ, ५ चैत । पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले संविधानप्रदत्त वैचारिक स्वतन्त्रताअनुसार पार्टीको विधानमा सो विषय समावेश गरिएकाले त्यसलाई निर्वाचन आयोगले खारेज गर्ने निर्णयका विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त बैठकले यही चैत ७ गते देशभरका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा चैतको तेस्रो हप्तादेखि हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दबाब दिन सडक सङ्घर्षका साथै धर्मनिरपेक्षता खारेजी र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
पार्टीको प्रस्तावनामा संविधानप्रति प्रतिवद्ध रही सर्वधर्म समभावसहित हिन्दू राष्ट्र कायम गरी संवैधानिक राजसंस्था लोकतन्त्रको मान्यता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने